प्रधानमन्त्रीमा दाबी गर्ने विपक्षीका कागजात संविधानअनुरुप छैनः प्रम ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले राष्ट्रपतिसमक्ष पेस गरेको कागजात र कार्य संविधानअनुरुपको मान्न नमिल्ने बताएका छन्। “कागजातमा नेकपा(एमाले)र जनता समाजवादी पार्टीका तत्कालीन प्रतिनिधिसभा सदस्यको हस्ताक्षर पेस गर्दा कुन दलका सदस्य हुन भन्ने नखुलाई नेपाली कांग्रेसको सदस्यको लहरमा नै नाम समावेश गरी पेश भएको छ”, उनले सर्वोच्चमा पेस गरेको जवाफमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्