अदालतमार्फत कांग्रेसलाई प्रधानमन्त्रीको प्रश्न
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा मापदण्ड अपनाएर निर्वाचन गर्न सकिने बताएका छन्। अदालतलाई बुझाएको लिखित जवाफमा उनले रिट निवेदक शेरबहादुर देउवाले यही भदौमा पार्टीको महाधिवेशन गर्नेगरी कार्यतालिका प्रकाशित गरेको विषय उल्लेख गरेका हुन्। “देशभरका नेता कार्यकर्ता सहभागी हुने महाधिवेशन हुनसक्ने तर चरणबद्ध रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निर्वाचन हुन नसक्ने दाबी हचुवा र आधारहीन छ”, उनले भनेका छन्।
प्रतिक्रिया दिनुहोस्