एमाले प्रवक्ता ज्ञवालीले भन्छन्–माओवादीबाट आएका साथीहरुको जिम्मेवारी कार्यदलले टुंग्याउनेछ
काठमाडौं। एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माओवादीबाट एमाले आएको नेता कार्यकर्तालाई कार्यविधि बनाएर व्यवस्थापन गरिने बताएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश नं १ ले आज आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै ज्ञवालीले भने,“माओवादीबाट आउनुभएका साथीहरूलाई जिम्मेवारी दिनेबारे कार्यदलले काम गरिरहको छ। पहिला जुन कमिटी हुनुहुन्थ्यो, त्यही कमिटीमा जिम्मेवारी दिनुहोस्।”
प्रतिक्रिया दिनुहोस्