निवर्तमान सांसद गुरुङसहितको उद्धार टोलीद्वारा बाढीपहिरोमा फसेका ३५ जनाको उद्दार
काठमाडौं। मनाङका निवर्तमान सांसद पाल्देन छोपाङ गुरुङसहितको उद्धार टोलीले मनाङको बाढीपहिरोमा फसेका ३५ जनाको उद्दार गरेको छ। नासोँ गाउँपालिका–१, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा र थोंचेका ११ जनालाई उद्धार गरी चामे लगिएको निवर्तमान सांसद पाल्देन छोपाङ गुरुङले बताए। ताम्राङमा रहेका १६ जनाको उद्धारको गर्ने प्रयास भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्