गण्डकी प्रदेशसभा : मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै
पोखरा। गण्डकी प्रदेसभाका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। प्रदेशसभा बैठकमा पोखरेलले विश्वासको मतका लागि प्रस्ताव पेश गरेसँगै प्रदेसभा सदस्यले धारणा राखिरहेका छन्। संविधानको धारा १६८ को (५) बमोजिम जेठ २९ गते पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। एक महिनाभित्र विश्वासको मत दिनुपर्ने प्रावधान बमोजिम उनले विश्वासको मत आज लिन लागेका हुन्।
प्रतिक्रिया दिनुहोस्