गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेलले लिन लागेको विश्वासको मतमाथि मतदान सुरु
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई प्रदेशसभाको विश्वासको मत छ भनी राखेको प्रस्तावमा मत विभाजन सुरु भएको छ। सभामा प्रदेश सांसदहरुले उठाएको प्रश्नको मुख्यमन्त्री पोखरेलले जवाफ दिएसँगै मतविभाजन सुरु भएको हो। संविधानको धारा १६८को (५) बमोजिम जेठ २९ गते पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान बमोजिम उनले विश्वासको मत लिएका हुन्।
प्रतिक्रिया दिनुहोस्