बिपक्षी गठबन्धन छाड्ने प्रस्ताव कांग्रेस सभापति देउवाद्वारा अस्वीकार काठमाडौं। केन्द्रीय सदस्यहरुले विपक्षी गठबन्धन छाड्न दबाब दिए पनि कांग्रेसका सभापति शेरबहादुर देउवाले त्यसलाई अस्वीकार गरेका छन्। केन्द्रीय समितिको बैठकमा डा.शेखर कोइराला र महेश आचार्यलगायतले गठबन्धनको बैधानिकतालगायतका विषयमा प्रश्न उठाए पनि विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको छ। कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र,नेकपा एमालेको माधव नेपाल समूह,जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्