![](https://www.dekhapadhi.com/uploads/posts/1624071102.download.jpg)
एमाले कर्णालीमा सत्ताका लागि चुलिन्दै विवाद
सुर्खेत।एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले पार्टीको निर्देशन जारी गर्ने तर माधव नेपाल समूहका सांसदले निरन्तर अवज्ञा गरिरहेपछि विवाद चुलिन्दै गएको छ।सत्ताका लागि भइरहेको विवादमा दलका नेता कँडेलले सरकारमा सहभागी तीन जना मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिए।तर उनीहरुले अस्वीकार गरेका छन्।'जेठ २ को पार्टी संरचनाबाहेक अरु बैठक चिन्दैनौं र राजीनामा पनि दिँदैनौं' मन्त्री कुर्मराज शाहीले भने।
प्रतिक्रिया दिनुहोस्