स्काउटलाई विपद् व्यवस्थापनमा परिचालन गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं। नेपाल स्काउटको ७० औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आफू सधैं युवाहरुको साथमा रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले स्काउटले विपत व्यवस्थापनलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाउँगाउँमा फर्स्ट रेस्पोन्डरको रुपमा परिचालन गर्नुपर्ने बताए। उनले आफूले संरक्षकत्व ग्रहण गरेपछि स्काउटमा युवाहरुको सहभागिता र सक्रियता बढेको समेत बताए। कोभिड-१९ महामारीका कारण यसवर्ष स्काउटले आफ्नो स्थापना दिवस भर्चुअल माध्यमबाट मनाएको हो।
प्रतिक्रिया दिनुहोस्