कोरोनाबाट पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ। उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।१६ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि कर्णाली अस्पतालमा उपचार गराएका उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापतिसमेत रहेका बिष्ट शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्