डडेल्धुराका देउवालाई काठमाडौंका सिंहको च्यालेन्ज काठमाडौं। कांग्रेस नेता प्रकाशमान सिंहले आगामी १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्ने तयारी थालेका छन्। आफूनिकट नेताहरुसँग छलफल थालेका नेता सिंहले देखापढीसँग भने,“अहिले सहकर्मीहरुसँग छलफल भइरहेको छ। कांग्रेसलाई एकताबद्ध र संस्थागत गर्नको लागि मेरो उम्मेदवारी हुनेछ। म केन्द्रीय सदस्य, महामन्त्री र उपसभापति भइसकें। अब पालो मेरै हो।” कांग्रेसले आगामी भदौ१६ देखि१९ गतेसम्म महाधिवेशनको मिति तोकेपछि नेतृत्वमा होडबाजी सुरु भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्