कांग्रेस महाधिवेशन : कोइराला परिवारका दाजुभाइ नै सभापतिको दौडमा, कस्ले मार्लान् बाजी? काठमाडौं। कांग्रेसको आगामी भदौ १६ देखि १९ गतेसम्म हुने १४औं महाधिवेशनमा सभापतिको लागि कोइराला परिवारकै दुई दाजुभाइ दौडमा उत्रिएका छन्। वर्तमान महामन्त्री एवं विपी कोइरालाका छोरा सशांक र भतिज शेखर कोइरालाले आगामी महाधिवेशन सभापति पदमा उम्मेदवार बन्ने तयारी गरेका हुन्। कोइराला परिवारनिकट प्रदेश१ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीकाअनुसार जसको अनुकुल परिस्थिती बन्छ उही उम्मेदवार बन्ने पारिवारिक सहमति भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्