एमालेको अडानका कारण आइतबार पनि बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक सुर्खेत। कर्णाली प्रदेशसभा बैठक आइतबार पनि बस्न सकेन। दोस्रो दिन पनि प्रदेशसभाको बैठक स्थगित भएको हो। यसअघि शुक्रबार विशेषकारण भन्दै बैठक सूचना टाँसगरी स्थगित भएको थियो। विपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतको निर्णयपछि फ्लोर क्रस गरेर मन्त्री भएकाहरुले राजिनामा दिनुपर्ने माग राख्दै आएको छ। एमाले र सरकारबीच कुनैपनि सहमति हुन नसकेपछि बैठक सूचारु हुन नसकेको प्रदेशसभाका एक कर्मचारीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्