काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। नीति तथा कार्यक्रमको विरोधमा रहेका उपमेयरसहित कांग्रेसनिकट जनप्रतिनिधिको मागलाई समावेश गर्ने भएपछि सर्वसम्मत पारित भएको हो। आगामी असार १० गते महानगरले बजेट ल्याउने कार्यक्रम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्