जसपाको लुम्बिनीका चार सांसदको पद रहने कि नरहने? असार २१ गते अन्तिम निर्णय काठमाडौं। जसपा लुम्बिनी प्रदेशका चार सांसदको पद रहने कि नरहने भन्ने मुद्धाको अन्तिम निर्णय असार २१मा हुने भएको छ। जसपाका छजना सांसदमध्ये ४ जनालाई उपेन्द्र पक्षले कारबाही गरेपछि पदमुक्त भएका उनीहरु सर्वाेच्चको अन्तरिम आदेशबाट पुनर्बहाली भएका थिए। न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले सोमबार रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको गर्ने आदेश दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्