योगका विषयमा प्रधानमन्त्रीको टिप्पणी– उद्गमस्थल नेपाल, योगका नाममा गरिने व्यापारलाई स्थान दिनु हुँदैन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले योगको उद्गमस्थल नेपाल भएकाले यसलाई विश्वव्यापी बनाउन सरकार लागिरहेको बताएका छन्। विश्व योग दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, “योग कुनै अन्धविश्वास होइन। यो मनको सफाइको माध्यम हो। यो एक अनुशासन पनि हो। योगका नाममा देखाइने आडम्बर र गरिने व्यापारलाई स्थान दिनुहुँदैन।’’ ऋषिमुनिहरुको तपस्या र साधनाले नेपालमा योग जन्माएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्