मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दामा आज सुनुवाइ काठमाडौं।मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविस्तारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित ६ जनाले दायर गरेको रिटमा न्यायाधीस इश्वर खतिवडाको इजलासले अन्तरिम आदेश नदिई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेश गर्न आदेश दिएको थियो।सर्वाेच्चले लिखित जवाफ माग गरेपछि फेरि मन्त्रिपरिषद् विस्तार गरेकाले पुरक निवेदनसमेत परेको छ।रिटमा कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्