२१ मन्त्रीको पद जाँदैछ : प्रचण्ड
काठमाडौं।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त २१ मन्त्रीको पद आज जाने बताएका छन्।धादिङको विशालटारमा कार्यकताहरुसँग कुरा गर्दै उनले सो सूचना चुहाएका हुन्।'मैले पाएको सूचना अनुसार सर्वोच्चले असंवैधानिक रुपमा ओलीले नियुक्त गरेका २१ जना मन्त्रीहरुको पद खारेज गर्दैछ',उनले भने।प्रचण्डले सूचना कोबाट पाए कुरा भन्ने नखुलाए पनि सर्वोच्चमा विचाराधीन मुद्दामा गम्भीर टिप्पणी गरेपछि आफूहरु संशकित बनेको बालुवाटार निकट स्रोतले बतायो।
प्रतिक्रिया दिनुहोस्