मन्त्रिपरिषद् पुनर्गठनको रिटः प्रधानन्यायधीश राणा र ढुंगानाको संयुक्त इजलासमा
काठमाडौं। मन्त्रिपरिषद पुनर्गठन र विस्ताविरुद्ध परेको रिटमाथि सुनुवाईको लागि पेशी तोकिएको छ। पेशी प्रधानन्यायधीश चेलेन्द्र शम्शेर जबरा र न्यायधीश प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा तोकिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित ६ जनाले दायर गरेको रिटमा न्यायाधीस इश्वर खतिवडाको इजलासले अन्तरिम आदेश नदिई मन्त्रिपरिषद् पुनर्गठनको कारण लिखित रुपमा पेस गर्न आदेश दिएको थियो। आज अदालतमा बहसका लागि दुवै पक्षलाई बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस्