आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासमा ओलीको भ्याकेट निवेदन काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीका तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमाथि न्यायाधीश डा.आनन्दमोहन भट्टराई र हरि फुँयालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।ओलीले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारबाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गरेका छन्।यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर कारबाहिमा परेका ४ सांसदलाई पुनर्बहाली गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्