संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले रोक्यो : प्रवक्ता श्रेष्ठ काठमाडौं। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको जनाएका छन्। सर्वोच्चले आज सरकारले गरेको २१जना मन्त्रीको नियुक्ति बदर गरेपछि उनले ट्वीटरमार्फत अति भएपछि खति हुने बताउँदै सर्वोच्चको पछिल्ला फैसलाहरुले प्रम ओलीले चालेका असंवैधानिक,अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको जनाए। उनले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई एक हदसम्म रोकेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्