देउवालाई अदालतको परमादेशबाट प्रधानमन्त्री बनाउनुपर्छ : अधिवक्ता यादव
काठमाडौं। वरिष्ठ अभिवक्ता महादेव यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतको परमादेशबाट प्रधानमन्त्री बनाउनुपर्ने जिकिर गरेका छन्। संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने बताए। प्रधानमन्त्री नियुक्तिका लागि सांसदहरू स्वतन्त्र हुने भन्दै दलीय ह्वीप नलाग्ने यादवको दाबी थियो।
प्रतिक्रिया दिनुहोस्