मुख्य सचिवलाई राष्ट्रिय अनुसन्धान विभागको प्रस्तुती– सरकारी कामकाजमा पेनड्राइभको उपयोग काठमाडौं। मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा आज भर्चुअल माध्यमबाट सचिव बैठक सम्पन्न भएको छ। बैठकमा राष्ट्रिय अनुसन्धान विभागले ‘सरकारी कामकाजमा पेनड्राइभको उपयोग’ विषयमा प्रस्तुत दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। बैठकमा सरकारी तथ्याङ्को सुरक्षा, इमेलको सुरक्षा लगायतका विषयमा पनि छलफल गरिएको थियो। आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनका सम्बन्धमा प्रस्तुती दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्