संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको छ, पार्टीको मान्यता स्थापित गर्ने समय यही हो : अध्यक्ष थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको भन्दै यही बेलामा आफ्नो पार्टीको मान्यता स्थापित गर्न लाग्नुपर्ने बताएका छन्। बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले आफूहरुले प्रयत्न अघि बढाए राप्रपाको मान्यताहरु स्थापित हुने बताए। विगतका कमीकमजोरीहरुबाट पाठ सिक्दै पार्टी एकतालाई शक्तिको रुपमा स्थापित गर्न लागिपर्नुपर्ने उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्