प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि निवेदकको तर्फबाट बहस हुने काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा रिट निवदेकको तर्फबाट आज पनि बहस जारी रहनेछ। बुधवार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा, महादेव यादव, अधिवक्ता खम्बबहादुर खाती र गोविन्द शर्मा बन्दी गरी ५ जनाले रिट निवेदकका तर्फबाट बहस गरेका थिए। आज वरिष्ठ अधिवक्ता हरिहर दाहाल, रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, तुलसी भट्ट, बोर्णबहादुर कार्की तथा अधिवक्ता डा.दिनमणि पोखरेल लगायतले बहस गर्ने तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्