गठबन्धन लामो समयसम्म रहन्छ : प्रचण्ड काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बताएका छन्। बिहीबार सम्पादकहरुसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरुबीचको गठबन्धन लामो समयसम्म सँगसँगै जान सक्ने बताए। प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि नभएको भन्दै उनले संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाइँ भएको जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्