जातीय विभेदका घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्यः विवेकशील साझा काठमाडौं।विवेकशील साझा युवा संगठनले जातीय विभेदको घटनामा संघीय सरकारका मन्त्रीले न्यायिक निरूपणमा परेका पीडित पक्षलाई आहत हुने गरी गरेका गतिविधिप्रतिको भत्र्सना गरेको छ।कहालीलाग्दो रुकुम नरसंहारमा देखिएको जातीय विभेदको दानवीय पराकाष्ठाको घटनाको न्यायिक प्रक्रिया चलिरहेकै बेला देशैभरि र खास गरी काठमाडौं लगायतका सहरहरूमा बारम्बार दोहोरिएका विभिन्न घटनाहरूमा विवेकशील साझा युवा संगठनको गम्भीर ध्यानाकर्षण भएको छ”,संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्