यी हुन् अधिवक्ताले गर्दैछन् आज संवैधानिक इजलासमा बहस काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा रिट निवेदकका तर्फबाट प्रारम्भिक बहसको आज अन्तिम दिन हो। आजको इजलासमा वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेल, बाबुराम कुँवर, पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधान, अधिवक्ता डा.भीमार्जुन आचार्य तथा टिकाराम भट्टराईले बहस गर्नेछन्। बिहीबारको इजलासमा वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्