देउवालाई प्रधानमन्त्री बनाउने माग असंवैधानिक काठमाडौं। आइतबारदेखि प्रतिनिधिसभा विघटनको मुद्दामा बहसमा उत्रने सरकारी पक्षले शुक्रबार इजलासमा बहस नोट बुझाएको छ। प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको मागदाबी संविधान र कानुनसम्मत नभएको भन्दै उक्त माग खारेजीको भागी हुने दाबी बहस नोटमा गरिएको छ। निवेदकहरूको दाबीबमोजिम संसद र सरकार सञ्चालन गर्दा पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई पुनः ब्युँताउने दाबी समेत गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्