बाक्लिदै निधि, कोइराला र सिंहको छलफल काठमाडौं। पार्टीको १४ औं महाधिवेशन नजिकिँदै जाँदा कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफलको क्रम बाक्लिएको छ। यसअघि निधिको निवास बानेश्वरमा लन्च मिटिङ गरेका उनीहरु आज भने कोइराला निवास महाराजगञ्जमा छलफलमा जुटेका हुन्। निधिले पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गर्दै छलफललाई तीव्रता दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्