संघीय निजामति ऐन अध्यादेशमार्फत भएपनि ल्याउनुपर्छ : मन्त्री श्रेष्ठ काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लिलानाथ श्रेष्ठले संघीय निजामति ऐन अध्यादेशमार्फत ल्याउनुपर्ने बताएका छन्। शुक्रबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले देशमा राजनीतिक अस्थिरताका कारण समयमै निजामती ऐन नआएकाले कर्मचारीको पदपूर्ति र बढुवा रोकिँदा कर्मचारीको मनोबल गिरेको बताए। कर्मचारीको लागि पदपूर्ति,बढुवालगायतका मूलभूत कुराहरुलाई समेटेर अध्यादेश ल्याउनका निम्ति छलफल भइरहेको भएपनि नागरिकतासम्बन्धी अध्यादेशलाई सर्वोच्च अदालतले रोकेपछि पछि हट्नुपरेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्