कांग्रेसमा तीन नेताको एकै आवाज, ‘हामी मिल्दा देशैशरी खुशी छायो’
काठमाडौं। उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफूहरु एकै ठाउँमा रहँदा देशैभरी कार्यकतामा खुशी छाएको बताएका छन्। उनीहरुले यसअघिको छलफलले निकै उत्साहित बनाएको भन्दै आफूहरु एकै टिममा अघि बढ्ने सम्भावना रहेको कोईरालाले उल्लेख गरे। शुक्रबार कोइराला निवास महाराजगञ्जमा छलफलपछि तीनै जनाले भने,“हाम्रो छलफल सकारात्मक छ। यसलाई निरन्तरता दिन्छौं, एकै ठाउँमा रहन सकिन्छ भन्नेतर्फ गएका छौं।”
प्रतिक्रिया दिनुहोस्