मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप हुँदैन : पौडेल
काठमाडौं। गृहमन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताए। शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै उनले आफूले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने उल्लेख गरे। उनले जवाफदेही भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताए। संवैधानिक व्यवस्था र काननी प्रवन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा खोजेको पनि बताए।
प्रतिक्रिया दिनुहोस्