भारतलाई लिएर प्रधानमन्त्रीको अर्को अभिव्यक्ति : भारत राष्ट्र एकीकृत थियो भन्ने सत्य होइन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले परापूर्व कालदेखि नै भारत राष्ट्र एकीकृत थियो भन्ने गलत भएको बताएका छन्। आज परराष्ट्र मामिला अध्ययन प्रतिष्ठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “परापूर्व कालदेखि नै भारत राष्ट्र एकीकृत थियो भन्ने सत्य होइन। त्यहाँ अनेक राजा रजौटा थिए। तर नेपाल देशकै रुपमा थियो।” भारत धेरैपछि मात्र एकीकृत राष्ट्र बनेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्