राजनीतिक परिस्थितिको प्रभाव सुरक्षा निकायमा पर्नुहुँदैन : पौडेल
काठमाडौं। गृहमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक परिस्थितिको प्रभाव गृहमन्त्रालयमा पर्न नहुने बताएका छन्। गृहमन्त्रीको कार्यभार सम्हाल्दै उनले भने, ‘राजनीतिक परिस्थिति अलग चीज हो। त्यो आफ्नो ढंगले चल्दै गर्छ। अदालतको मुद्दा, राजनीतिक परिस्थितिको प्रभाव गृह प्रशासनमा र सुरक्षा निकायमा पर्नुहुँदैन। शान्ति सुरक्षा, जीउधनको रक्षामा गम्भिरताका साथ ध्यान दिनुस्।’
प्रतिक्रिया दिनुहोस्