कूटनीति भनेर भारत र चीनसँग चलाखीले काम लिन चाहँदैनौं : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठूला छिमेकी भारत र चीनसँग चलाखीले काम नगर्ने बताएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठनले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, “हामी कूटनीति भनेर चलाखीले काम लिन चाहँदैनौं। हामी छिमेकीहरुसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहन्छौं। एउटाको विरुद्ध अर्को कार्ड खेल्ने काम पनि गर्दैनौं।” दुवै छिमेककी देशसँग सन्तुलित सम्बन्ध राख्ने उनले स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्