प्रधानमन्त्री ओलीको परराष्ट्र मामिला बुझाई – नेपालले राष्ट्रिय हित मात्रै हेरे उपयोगी हुँदैन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्ता साना राष्ट्रले ‘राष्ट्रिय हित’ मात्र हेरे त्यो उपयोगी हुन नसक्ने बताएका छन्। “परराष्ट्र सम्बन्धमा राष्ट्रिय हितहरुलाई प्राथमिकतामा राखिन्छ। यो राख्दा न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई छोडियो भने राष्ट्रिय हित या त अन्धराष्ट्रवाद हुन्छ या संक्रिण राष्ट्रिय केन्द्रित हुन्छ। यो अन्तर्राष्ट्रिय भाइचारालाई सुहाउँदैन,” परराष्ट्र मामिला अध्ययन प्रतिष्ठनले आज आयोजना गरेको कार्यक्रममा उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्