नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई सोध्यो– जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने? काठमाडौं। नेपाली कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै सोधेको छ, “जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू?” हालैको एक घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको व्यवहार अनि त्यसप्रति प्रधानमन्त्रीको मौनताले गम्भीर प्रश्न उठाएको कांग्रेसले जनाएको छ। “द्वन्द्व निरुपण होइन भड्कावलाई बल पु¥याउने मन्त्रीको भूमिका व्यक्तिगत स्वेच्छाचारीता कि राज्यकै प्रतिनिधित्व? मन्त्रीले राज्यको प्रतिनिधित्व गरेका होइनन् भने अझै किन मन्त्री कायम?,” विज्ञप्तिमा भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्