भारतले इपीजी प्रतिवेदन नबुझेको प्रति प्रधानमन्त्री असन्तुष्ट, भने– पुराना सन्धी–सम्झौताअनुसार अघि बढ्न सकिँदैन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले दुई देशका प्रवुद्ध व्यक्ति समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन नबुझेको प्रति असन्तुष्टि व्यक्त गरेका छन्। सन् १९५०को लगायतका सन्धीसम्झौता पुनरावलोकन गर्ने सुझाव प्रतिवेदनमा समेटिएको छ। तर तयार भएको वर्षौं बित्दा पनि भारतले प्रतिवेदन बुझ्न मानेको छैन। “तत्कालिन शक्ति सन्तुलनअनुसार सन्धी भए। सोही अनुसार अहिले अघि जान सकिँदैन। सम्बन्ध र सम्झौताहरु समयअनुसार अद्यावधिक गर्नुपर्छ,”उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्