सेवाग्राहीबाट गुनासो नआओस् : मन्त्री श्रेष्ठ काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सेवाग्राहीबाट कुनै पनि प्रकारको गुनासो नआउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। शुक्रबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले आ–आफ्नो काम र जिम्मेवारीलाई कुनैपनि प्रकारका गुनासो नआउने गरी पुरा गर्न भनेका हुन्। कार्यसम्पादनमा ढिला नगर्न भन्दै उनले कुनैपनि आग्रह, पूर्वाग्रह नराखी एउटै परिवारको रुपमा काम गर्नुपर्नेमा उनको जोड थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्