सरकारले व्यक्तिलाई याताना दिनेलाई कारबाही गरेन : मानवअधिकार आयोग काठमाडौं।राष्ट्रिय मानवअधिकार आयोगले सरकारले सशस्त्र द्वन्द्वका समयमा यातना दिने व्यक्तिलाई कारबाही नगरेको आरोप लगाएको छ।आयोगले अनुसन्धानपछि पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीका लागि सिफारिस गरेको भएपनि क्षतिपूर्ति दिलाउनेबाहेक दोषीलाई कारबाही गर्ने कार्य अत्यन्तै न्यून रहेको बताएको छ।“व्यक्तिलाई यातना दिइनेजस्तो अमानवीय कार्य तथा अपराधजन्य कार्य केही कतैबाट पनि नगर्न,नगराउन, यातानका दोषीलाई कानुनी दायरमा ल्याउन आयोग सरकारलाई आग्रह गर्दछ”,आयोगको विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्