संवैधानिक इजलासमा आज पनि निवेदक तर्फबाटै बहस जारी रहने काठमाडौं।प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज चौंथो दिन पनि रिटनिवेदक तर्फका कानुन व्यवसायीले नै बहस गर्नेछन्।कुल १२ घण्टामध्ये अब २ घण्टा ३५ मिनेट बहसको समय बाँकी रहेपछि आज पनि रिट निवेदककै तर्फबाट बहस जारी रहने भएको हो।असार ९ गतेबाट संवैधानिक इजलासमा निरन्तर बहस भइरहेको छ। शुक्रवार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल,अधिवक्ता डा.दिनमणि पोखरेल, सुनिल पोखरेल,टिकाराम भट्टराई,मुक्ति प्रधान र गोपाकृष्ण घिमिरेले बहस गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्