कांग्रेसमा क्रियाशील सदस्यता छानबिन समितिमा मापदण्डबारे विवाद, पदाधिकारीमा छलफल हुने काठमाडौं।नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। १४औं महाधिवेशन नजिकिदै जाँदा पनि क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि सो बारे छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो।आज २ बजेपछि पार्टी कार्यालय सानेपामा छानविन समितिका सदस्यहरुसहित पदाधिकारी बैठक बस्नेछ। समितिलाई सदस्यता टुङ्ग्याउन असार २० गतेसम्मको समय दिएपनि मापदण्ड बनाउन नसक्दा नयाँ सदस्यका सम्बन्धमा आएका उजुरीमाथि काम गर्न सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्