संवैधानिक इजलासः आजदेखि सरकारी पक्षबाट बहस काठमाडौं।प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सरकारी पक्षबाट बहस सुरु हुँदैछ। रिट निवेदकको तर्फबाट बहस सकिएसँगै अब सरकारी पक्षबाट बहस सुरू हुन लागेको हो।९ गतेदेखि १३ गतेसम्म ४ दिनमा रिट निवेदकतर्फको बहस सकिएको छ।विपक्षी अर्थात सरकारी पक्षबाट आजको बहस महान्यायाधिवक्ता रमेश बडालले सुरु गर्नेछन्। सरकारी पक्षबाट बहसका लागि सुरूमा १२ घन्टा र त्यसपछि थप ३ घन्टा गरी १५ घन्टा बहस हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्