![](https://www.dekhapadhi.com/uploads/posts/1624868713.KP oli.jpg)
माधव नेपाल भन्ने कांग्रेसको पछि कुद्ने मान्छे छन् : प्रधामन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई कांग्रेसको पछि कुद्ने व्यक्तिका रुपमा टिप्पणी गरेका छन्। मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने,“तपाई हामी सबैले सुनेजस्तो लाग्छ। माधव नेपाल भन्ने कांग्रेसका पछाडि कुद्ने मान्छे छन्।अहिले राजनीतिमा सबैजसोले चिन्छन् प्रायः। असाध्यै चर्चा भईरहेको छ। मान्छे यतिसम्म पनि पतन हुनसक्दो रहेछ।’
प्रतिक्रिया दिनुहोस्