लोकतन्त्रलाई पञ्चायतकालीन निर्दलीय व्यवस्थाजस्तो बनाउन खोजियोः महान्याधिवक्ता बडाल
काठमाडौं। महान्यायाधिवक्ता रमेश बडालले लोकतन्त्रमा सांसदले दलीय अनुशासनको घेराभित्र बस्नुपर्ने बताएका छन्। एउटा दलबाट निर्वाचित हुने अनि अर्काे प्रतिस्पर्धी दलको नेतालाई प्रधानमन्त्री बनाउने विषयमा हस्ताक्षर गरेर अदालत आउन नमिल्ने उनको तर्क छ।“यो पञ्चायतकालीन निर्दलीय व्यवस्थाजस्तो बनाउन खोजिएको छ, संविधानको प्रस्तावनामै बहुदलीय प्रतिस्पर्धा उल्लेख छ, अहिलेको अभ्यास संविधान विपरीत छ”,प्रतिनिधिसभा विघटन मुद्दामा आज सर्वोच्च अदालतमा सरकारको तर्फबाट बहस गर्दै उनले भने।
प्रतिक्रिया दिनुहोस्