नेपालका पाँच जना पूर्व प्रधानमन्त्रीलाई भाजपा नेताको चेतावनी– भारतविरोधी अभिव्यक्तिले दुई देशको सम्बन्ध खराब नहोस्
काठमाडौं।भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग इन्चार्ज विजय चौथाइवालेले नेपालका नेताहरुलाई भारत विरोधी अभिव्यक्ति नदिन आग्रह गरेका छन्। “म यही चाहन्छु कि नेपालका राजनेताको भारतविरोधी अभिव्यक्तिले दुई देशको सम्बन्ध खराब नहोस्”,एनआईआइएस ग्लोबल कन्क्लेभको ‘भारत–नेपाल सम्बन्ध’ सत्रमा बोल्दै चौथाइवालेले भने।पछिल्ला दिनमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा,पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराईले नेपालमा भारतीय हस्तक्षेप बढेको बताउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस्