सरकारी वकिलको जिकिर : संसद विघटनको शृङखलाले नै स्थिरता ल्याउँछ काठमाडौं। नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले संसद विघटनको शृङ्खलाले कालन्तरमा स्थिरता ल्याउने दावी गरेका छन्। संवैधानिक इजलासमा सरकारी वकिलको तर्फबाट बहस गर्दै उनले बरु संसद् विघटन अदालतबाट उल्टिँदा अस्थिरता सिर्जना भएको जिकिर गरे। भारतमा पटक–पटक संसद विघटनपछि नै सरकार स्थिर बनेको दाबी गर्दै उनले अस्थिरताको एउटा कारण अदालत पनि भएको उल्लेख गरे। यसलाई जनताले पनि बुझ्नुपर्ने उनको तर्क थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्