कांग्रेसका तीन नेताको तेस्रो भेट, केन्द्रीय सदस्यको भेला राख्ने
काठमाडौं। नेपाली कांग्रेसका नेताहरु विमलेन्द्र निधि, शशाङ्क कोइराला र प्रकाशमान सिंह तेस्रो चरणको छलफलले केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ। आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि उनीहरुले नीधि र कोइराला निवासमा छलफल गरेका थिए। कोइराला निवासमा भएको छलफलपछि उनीहरुले आफूहरु एकमत साथ अघि बढ्ने तयारी भएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस्