सरकारले अध्ययादेशबाट शासन चलाएको छैनः मन्त्री श्रेष्ठ काठमाडौं। कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले सरकारले अध्यादेशबाट शासन नचलाएको स्पष्ट पारेका छन्। मंगलबारको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संविधानले नै आवश्यकताको आधारमा अध्यादेश ल्याउने अधिकार दिएकाले सरकारले जनताको हितका लागि अध्यादेश ल्याएको स्पष्ट पारे। राजनीतिक दलहरुबीचको असहमति, संसद पनि नभएकाले सरकारले बाध्य भएर अध्यादेश जारी गर्न परेको मन्त्री श्रेष्ठको दाबी थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्